सं,क्रमण दर उच्च भएसँगै जिल्लामा अक्सिजन ग्यासकोे समस्या नहोस् भन्ने उद्देश्यले चन्दा अभियान
दैलेख, पछिल्लो दिनमा कोरोना संक्रमण दर उच्च भएसँगै जिल्लामा अक्सिजन ग्यासकोे समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौँमा बसोबास गर्दै आउनुभएका ॐ रिजाल र मीना थापाले चन्दा अभियान चलाउनुभएको छ ।
जिल्लामा उपलब्ध सिलिन्डरले अक्सिजनको आवश्यकता पूरा गर्न नसक्ने अवस्था ख्याल गरेर चलाइएको अभियानबाट रु सात लाख ५३ हजार ६१७ संकलनभएको छ ।
उठेको पैसाले अक्सिजन ग्यास, कन्सन्ट्रेटर, मेशिनलगायत स्वास्थ्य सामग्री व्यवस्थापन गर्न उद्योगी व्यवसायी, कर्मचारी, विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति, राजनिीतक दल, नागरिक समाज, प्रशासन निकायलगायतलाई अनुरोध गरिएको अभियानकर्मी रिजालले बताउनुभयो । उहाँले एउटा मेशिन खरिद गरिसकिएको र अरु खोजीमा रहेको बताउनुभयो ।
यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले १५ थान खाली सिलिन्डर उपलब्ध गराउनुभएको थियो ।
यस्तै नेपाल पत्रकार महासंघले पनि अक्सिजन अभाव हुन नदिनका लागि कम्तीमा रु एक सय अभियान चलाएको छ । संक्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म दैलेखमा २० जनाको मृत्यु भइसकेको छ ।


