अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै दर्ता नभएका ३८ वटा साइट बन्द, ६५ अनलाइनले तोडे आचारसंहिता

काठमाडौ । प्रेस काउन्सिल नेपालले निषेधाज्ञाको समयमा ६५ सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेको बताएको छ । बैशाख १६ गतेदेखि आजसम्मको अवधिमा ती सञ्चारमाध्यमले आचारसंहिता तोडेका हुन् ।

पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरिएकोमा उक्त अवधिमा भएका अनुगमन र कारबाहीसम्बन्धी मुख्य ६५ सञ्चारमाध्यम,वेभपोर्टलमा आचारसंहिता उल्लंघन भएको देखिएको बताइएको छ ।

निषेधाज्ञाको अवधिमा कोरोना संक्रमणभन्दा फरक विषयमा दुई मिडियासँग जवाफ मागिएको र तीन मिडियासँग स्पष्टिकरण सोधिएको छ ।

त्यस्तै,भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै दर्ता नभएका ३८ वटा साइट बन्द गरिदिन सम्वन्धित निकायलाई पत्राचार गरिएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवधिमा ९ वटा सञ्चारमाध्यमविरुद्ध उजुरी दर्ता भएको र सोसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाइएको थियो ।

काउन्सिलले निरन्तर सञ्चारमाध्यमको अनुगमन गरिरहेको र कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि कडाइका साथ काम गरिरहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।