पार्टी नेताहरु जनताको जीवन रक्षार्थ लाग्नुस्ः नेता शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्न पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

कर्णाली प्रदेशअन्तर्गत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज शर्माले स्वास्थ्यकर्मीसहितको स्वयंसेवक टोली बनाएर वडावडामा परिचालन गर्न आग्रह गरे ।

पूर्वमन्त्री शर्माले भनेयो,“जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो । अरु सबै कुरा थाती राखेर कोभिड–१९ विरुद्ध पार्टीको सबै शक्ति लगाउनुस् । प्रदेशको नयाँ बजेट कोभिड–१९ नियन्त्रण हुने गरी जनहितमा केन्द्रित गर्न म प्रदेश सरकारलाई आग्रह गर्दछु ।”

उनले हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारीका साथ गरिएको निर्णय गलत भएको पनि बताए । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भए पनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उनको धारणा थियो ।

भर्चुअल बैठकमा प्रदेश संयोजक मायाप्रसाद शर्मासहित रुकुम(पश्चिम), जाजरकोट, जुम्ला, मुगु, हुम्ला र कालीकोटका अध्यक्ष क्रमशः गोपाल शर्मा, ढकवीर राना, वीरबहादुर कुँवर, सुकवीर बुढा, लालकेश जैसी र धनजीत शाही तथा डोल्पा, दैलेख, सुर्खेत र सल्यानका संयोजक क्रमशः मालबहादुर रोकाय, प्रेम कटुवाल, कृष्ण जिसी र कर्णबहादुर बुढाथोकीले जिल्लाको परिस्थितिबारे रिपोर्टि¬ङ गरेका थिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।