धनकुटामा ४४ सहित प्रदेश १ मा थपिए आज ६ सय ७३ संक्रमित
विराटनगर । प्रदेश १ मा आज ६७३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीयतहनखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीयतहनखुलेका ६, झापाको कमलगाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीयतहनखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीयतहनखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीयतहनखुलेका १–१, इलामको माईजोगमाईमा १०, इलाम नगरपालिका र चुलाचुलीमा१–१, पाँचथरको मिक्लाजुङमा ७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँसमा१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । संक्रमितभएकामध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । आज २१९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


