अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

कञ्चनपुर,नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले बिहीबार पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन शुक्लाफाँटा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई समितिका सभापति जयबहादुर बिष्टले प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभयो ।

नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन सामग्री हस्तान्तरण गरिएको विष्टले बताउनुभयो ।

सामग्री ग्रहणपछि प्रमुख ऐरले नगरले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताउनुभयो ।

नगरपालिकालाई उपलब्ध गराईएका सामग्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य नारायण प्रकास (एनपी) साउदको पहलमा उपलब्ध गराईएको सभापति बिष्टले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।