महामारीमा बालबालिका घरभित्र राख्न अभिभावकको भूमिका महत्वपूर्ण

टीकापुर, यतिबेला दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएका कारण देशका अधिकांश भाग निषेधामा छ । कैलालीमा कोरोनाले २०० बढीले ज्यान गुमाइसके । यस्तो त्रासमा अभिभावकलाई बालबालिका घरभित्र व्यस्त राख्न चुनौतिपूर्ण भएपनि अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । तर विभिन्न उपायको खोजी गरेर सङक्रमण हुनबाट जोगिन आवश्यक छ ।

गाउघरमा बालबालिकाहरु वल्लोपल्लो घर जाने र सहपाठीसँग बढी घुलमिल हुनाले कोरोनाबाट बढी सङ्क्रमित हुन सक्ने शिक्षिका कविता विश्वकर्मा बताउनुहुन्छ । ‘‘यस्तो वेलामा बालबालिकालाई घरमै व्यस्त राख्न अभिभावकको महत्वपूर्ण भूिमका रहन्छ । उनीहरुलाई व्यस्त बनाउन विभिन्न खेल सामग्रीमा भुलाउने, नयाँ उनीहरुको रुची अनुसारका किताब पढ्न लगाउन जरुरी छ’’, उहाँ भन्नुहुन्छ, ‘‘उपायको खोजी गरेर सङक्रमण हुनबाट जोगिन आवश्यक छ ।’’

बालबालिकाको उमेर भनेको खेलौना र समूह निर्माणको उमेर हो । यो अवस्थामा उनीहरु बढीभन्दा बढी समूह निर्माण गर्ने र साथीहरुसँग खेल्न रुचाउने गर्छन् । उनीहरु बढी साथी खोज्दै हिड्छन् । तर परिस्थिति उल्टो भएका कारण यतिबेला बालबालिकालाई घर बाहिर साथीसँगीसँगीको साथ भन्दा एक्लै भएकै राम्रो हुने टीकापुर बहुमुखी क्याम्पसका उपप्रध्याक नाथुराम चौधरी बताउनुहुन्छ ।

‘‘बालबालिकालाई टेलिभिजन वा यस्तै अन्य साधनसँग नजिक बनाई उनीहरुको सिर्जनात्मक र पढाईमा रुचि जगाउने कुरामा अभिभावकले ध्यान दिन आवश्यक छ’’, उपप्रध्याक चौधरी भन्नुहुन्छ, ‘‘यो महामारी हो । महामारीको समयमा सोँचेको जस्तो कहाँ हुन्छ र ?’’

सङ्क्रमण फैलिएपछि वैशाख १५ गतेबाट वार्षिक परीक्षाको तयारीमा जुटेका कैलालीका विद्यालयले सङ्क्रमण समुदायस्तरमा फैलिएपछि वैशाख पहिलो साताबाटै विद्यालय बन्द गरेका हुन् । विद्यालय बन्द भएको एक महिना अभिभावकलाई बालबालिका सम्हाल्न कठिन भएको छ ।

अझ स्वास्थ्यकर्मी, बैंक, सहकारी तथा सरकारी कार्यालयका कर्मचारी कठिन भएपनि आफ्ना बालबालिकालाई घरभित्र उपयुक्त वातावरण बनाएर राख्ने उपायको खोजीमा छन् । टीकापुरका स्वास्थ्यकर्मी लक्ष्मीनारायण पोख्रेलले विद्यालय बन्द भएपछि ७ वर्षकी छोरी घरभित्रै राख्नु परेको छ।

विद्यालय बिदा तथा अन्य समयमा छिमेकमा साथीहरुसँग खेल्ने छोरीले आजभोलि घरभित्रै राख्दा निकै सताउने गरेको उहाँको भनाइ छ । ‘‘आफू कामबाट फर्केर आउँदा पनि डर नै रहेको हुन्छ, विद्यालय बन्द भएकी छोरीले साथीहरुसँग खेल्न खोज्छिन् तर उनलाई सङ्क्रमणको जोखिम हुनसक्छ भनी घरबाहिर जान दिएका छैनाँै’’, पोखरेलले भन्नुभयो, ‘‘विद्यालय बन्द भएको समय बालबालिका सम्हाल्न कठिन छ ।’’

टीकापुर ३ शंकरपुरका अभिभावक खेम विकलाई पनि यो समयमा बालबालिकालाई कसरी जोगाउने र घरभित्र उपयुक्त वातावरणमा राख्ने भन्ने चुनौती छ । विकका बालबालिका छिमेकमा खेल्न गइहाल्छन् । ‘‘रातदिन बालबालिकालाई टेलिभिजन हेरेर बस भन्नुपरेको छ । घरबाहिर जान नदिँदा उनीहरु टोलाएर बस्न थालेका छन्’’, उहाँ भन्नुहुन्छ, ‘‘छिमेकमा घरहरु नजिक नजिक छन् । धेरै बालबालिका जम्मा भएमा उनीहरुबाट सङ्क्रमण फैलिएलाकी भन्ने डर पनि छ । कसो गरी जोगाउनु ?’’

सुदूरपश्चिममा प्रदेशकै आधाबढी सङ्क्रमित कैलालीमा छन् । यसले पनि घरभित्रै बस्नुको विकल्प छैन । नागरिकलाई सङ्क्रमणबाट जोगाउन तीन साताभन्दा बढी समयदेखि कैलालीमा निषेधाज्ञा जारी छ ।

शहर बजारभन्दा गाउँघरमा बालबालिकाहरुमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयाोग गर्ने जस्ता उपाय अपनाउन चुनौती देखिन्छ । गाउँघरमा बालबालिकाले छिमेकमा हिड्दा मास्क प्रयोग गरेको नदेखिएकाले पनि चुनौति बढेको स्थानीय रुष्मा विष्ट बताउनुहुन्छ । ‘‘बालबालिकालाई घरमै व्यस्त बनाई राख्न जरुरी छ ।

यो समयमा गाउँघरमा बालबालिकाले मास्क विना हिडिरहेका देखिन्छन्’’, रुष्मा भन्नुहुन्छ, ‘‘कतिपय बालबालिका फुटबल खेलिरहेका, खेल मैदानमा जम्मा भएका देखिन्छन् । यसले सङ्क्रमणको जोखिम बढ्ने देखिन्छ । अभिभावकले बालबालिकालाई घरमै व्यस्त राख्ने उपाय खोजी गर्नुपर्छ ।’’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।