पानीको बहाब बढे र पुल छेउको पर्खाल भासिए पछि

बझाङ,सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ ।

बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो ।

नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन जाली भासिएको र त्यसको असर पर्खालमा पनि परेको स्थानीय सडक पुर्वाधार विकास कार्यक्रमका प्राविधिक हरिशंकर जोशीले बताउनुभयो । ग्याबिन जाली गएपछि सो पर्खाल भासिएको उहाँले बताउनुभयो ।

झण्डै रु आठ करोड लागतमा ७० मिटर लम्बाइको पानकोट पुल निर्माणको जिम्मा इलाइट कन्ट्रक्सनले पाएको थियोे । निर्माण कम्पनीले २०७५ चैत्रमा सम्झौता गरी २०७७ वैशाखमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको भएतापनि विभिन्न बहाना गरी पुल २०७८ वैशाखमा निर्माण सम्पन्न गरेको थियो ।

पुलको काम निर्माण कम्पनी इलाइट कन्ट्रक्सनले पाएको भएपनि ग्याविन जाली हाल्ने काम उपभोक्ता समितिले बनाएको थियो । मेसिनरीवाल भासिएपछि गाडी संचालनमा ल्याउन सकस भएको यातायात व्यवसायी कैलाश खडकाले बताउनुभयो ।

सो पुलको निर्माण कार्य गत वैशाखमा निर्माण सम्पन्न भएकोे थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।