अब सात मन्त्रालयको कार्यभार पनि प्रम ओलीलाई
काठमाडौँ, राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोक्नुभएको छ ।
सर्वाेच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै कामकारवाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश दिएको थियो ।
प्रधानमन्त्री ओलीको आजको सिफारिशबमोजिम ती मन्त्रालयको कार्यभार उहाँलाई तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।
यो पनि पढ्नुहोस्.
नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले. एक साता निषेधाज्ञा थप गरेको छ ।
बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भएको छ ।
उहाँले सङ्क्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको राससलाई बताउनु भयो ।
जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले राससलाई जानकारी दिनु भएको छ


