खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ : उपप्रम

काठमाडौँ,उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मुलुकका सरकारसँग सीधै वा व्यावसायिक दुवै माध्यमबाट चाँडै कोभिङ–१९ विरुद्धको खोप र अक्सिजन प्लान्ट ल्याइने बताउनुभएको छ ।

काठमाडौँको वसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उहाँले उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

‘‘हामीले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं । जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं ।’’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– ‘‘भारत सरकारले छिट्टै नेपाललाई लिक्विड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ ।

निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’’ काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ श्ययाको उक्त आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

उहाँले कोरोना त्रासबाट जनतालाई मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गर्नुभएको उल्लेख गर्दै सरकारविरुद्ध चलाइएका भ्रमहरु सत्य नभएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।