वीपी प्रतिष्ठानमा अक्सिजन आपुर्ति रोकिएपछि विरामी भर्नामा रोक
सन्जय याक्खा,धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावको कारण विरामी भर्नामा रोक लगाइएको छ ।

दक्षिण एशियाकै प्रतिष्ठित स्वास्थ्या संस्थाको यो हविगत हुँदा नेपालको स्वास्थ्य सेवामाथि नै प्रश्न चिन्ह खडा भएको छ । प्रतिष्ठानले आफै अक्सिजन उत्पादन पनि गर्दै आएको थियो ।
प्रतिष्ठानमा भएको २ वटा प्लाण्ट थियो सो प्लाण्टले प्रतिमिनेट १६०० लिटर अक्सिजन उत्पादन गर्दै आएको थियो । तर ती २ वटा प्लाण्टमा पनि १ वटा प्लाण्ट भने केहि समय अघि नै विग्रीएर थन्किएको अवस्थामा थियो ।
बाँकी रहेको १ वटा प्लाण्टले प्रतिमिनेट ८०० लिटर उत्पादन गर्नु पर्नेमा उत्पादन क्षमता भन्दा कम उत्पादन गरिरहेको थियो सो प्लाण्टमा पनि समस्या आएपछि विरामी भर्ना रोकिएको श्रोतले जानकारि दिएको छ ।
अहिलेको यो संक्रमणकालिन परिस्थितीमा अस्पातालले अक्सिजन जस्तो महत्वपुर्ण पाटोलाई ध्यान नदिनु बेल्कुलै मानवीय संवेदना माथि राजनिति गरेको बुझिन्छ ।
प्लाण्टमा समस्या आएपछि प्रतिष्ठानले तत्काल त्यसको मर्मतको लागि पहल गर्नू पर्ने थियो उक्त २ प्लाण्टहरु जडान गरिएको २ वर्ष पनि भएको छैन सो समय भित्र प्लाण्टमा समस्या आउँदा जडानको लागी ठेक्का लगाइएको कम्पनीलाइ तत्काल एक्सन लिनु पर्ने थियो तर प्रतिष्ठानको उपकुलपति ज्ञानेन्द्र गिरि र प्रतिष्ठानकै प्रमुख इन्जिनियर राहुल मिश्रको मिलिमतोमा प्लाण्ट जडान गर्ने कम्पनी कालो सुचिमा परेको डाइग्नोकेम इन्टरनेसनललाई सार्वजानिक खरिद ऐन विपरित भुक्क्तानी गर्दै कमाउ धन्दामा व्यस्त छन । प्रमुख इन्जिनियर मिश्रको सेटिङमार्फत आएको उक्त कम्पनीले भने अड्को थाप्दै मर्मतको बाहाना गरेर थप रकम भुक्तानीको लागी दवाव दिरहेको छ ।
यसरी उपकुलपती गीरी र इन्जिनियर मिश्रको कमाउ धन्दा र कालोसुचिमा दर्ज भएको कम्पनी डाइग्नोकेम इन्टरनेशनलको डन शैलीले वीपीको यो दुर्गती हुँदैछ ।
नेपालको पुर्वी भुभागका जनता निर्भर रहेको वीपी प्रतिष्ठानले यसरी मानवीय सम्बेदना सँग जोडिएको अक्सिजनको आपुर्तिमै खेलवाड गर्दैगर्दा नागरिक समाज, जनसरोकार मञ्च, राजनीतिक दलहरुको किन चासो पुगेको छैन त ? यो गम्भिर विषयमा चासो नदेखाउनु पनि यी सरोकारवाला हुँ भन्दै सडकमा कराउनेहरु माथि पनि गम्भिर प्रश्न खडा भएको छ ।
उता उपकुलपति गीरी भने समस्याको हल गर्नुको सट्टा प्रतिष्ठानको बारेमा आएको समाचार माथि विज्ञप्ती जारि गर्दै बसेका छन । जव प्रतिष्ठानको अक्सिजन प्लाण्टमा समस्या आयो भन्ने समाजिक सञ्जाल र समाचार आएपछि नेकपा माओवादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुङ भने रातारात अनुगमन गएका थिए तर राजनैतिककर्मिलाई झुक्याउन माहिर इन्जिनियर मिश्रले चालु रहेको प्लाण्टमा मात्र अनुगमन गराएका थिए । विग्रीएको प्लाण्ट नदेखाइ पठाउँने प्रयत्न गर्दा इन्चाल चोत्लुङले जिज्ञासा राख्दा साधरण धुलो पसेको र मर्मतको लागी प्रविधिक आउँदै गरेको भन्दै इन्जिनियर मिश्रले उनलाई थाङ्नामा सुताएका छन ।
यतिको गम्भिर त्रुटि भइरहँदा हिजो साधरण समस्याको कारणले धरामा पानी नआउँदा सडकमा आन्दोलन गर्ने जमात खै ? अक्सिजन भनेको अहिलेको परिस्थितिमा अत्यावश्यक चिज हो यसको आपुर्तिमा वीपी प्रतिष्ठानले कति पनि त्रुटि देखाउनु हुँदैन । भन्ने नै हो भने प्रतिष्ठानमा जडित प्लाण्टको उत्पादन क्षमता हेर्ने हो भने प्रतिष्ठानले अक्सिजन उत्पादन गरेर बेच्नु पर्ने परिस्थिति हो । तर १ सय बेडको कोभिड अस्पतालमा समेत अक्सिजन आपुर्ति मा असमर्थ भएको प्रतिष्ठानमा डाक्टरको हैन व्यवस्थापनको नै हेलचेक्राइ हो ।
यस विषयमा जानकारि लिनलाई कोभिड अस्पतालका फोकल पर्सन विकाश शाहलाई सम्पर्क गर्दा विरामि नलिएको र सो समस्याको बारेमा अनविज्ञ रहेको बताए भने अर्का फोकल पर्सन इन्द्र लिम्बुको भने फोन स्विच अफ गरिएको छ । फोकल पर्सनले बेड फुल भएर विरामी नलिएको भने पनि आजको मितिमा ५० देखि ६० को संख्यामा मात्र विरामी भएको श्रोतको दावि छ । यस विषयमै जानकारि लिनको लागि प्रतिष्ठानका प्रवक्ता चुरामनी पोखरेललाई सम्पर्क गर्दा फोन नै उठाएनन । श्रोतले जनाए अनुसार अहिले सम्म पनि समस्या आएको प्लाण्ट मर्मतको लागी प्राविधिक टोली अहिले सम्म आइ पुगेका छैनन ।


