म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ न,ष्ट
तम्घास, जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ । गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले शुक्रबार अनुगमनका क्रममा फेला पारेका सामग्री बरामद गरी नष्ट गरेको हो ।
जनप्रतिनिधि एवम सरोकारवालाको रोहवरमा सामग्री नष्ट गरिएको हो । व्यापारीले म्याद नाघेका सामग्री बिक्री गरेको तथा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको उपभोक्ताले गुनासो गरेपछि गाउँपालिकाले प्रहरीको सहयोगमा बुधबार र बिहीबार बजार अनुगमन गरेको थियो ।
गाउँपालिकाको वडा नं १, ४ र ६ मा गरिएको अनुगमनबाट भुजालगायतका खाद्य पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थ, मदिरा र मदिराजन्य वस्तु बरामद गरिएको थियो । कूल रु एक लाख २० हजार बराबरको सामग्री नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले राससलाई बताउनुभयो ।
यो पनि पढ्नुहोस्.
दार्चुला,महाकाली नदीमा आएको बा,ढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो ।
महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताउनुभयो ।
“नदीले तटबन्ध पूरै ढाकेको छ, तटबन्धमा अन्य के–कति क्षति भएको बारे यकिन भएको छैन”, पाण्डेले भन्नुभयो, “अहिलेसम्म अनुमानित रु १५÷२० लाख बराबरको क्षति भएको छ । विसं
२०७० को बाढीपछि नदी नियन्त्रण आयोजनाले पहिलो चरणमा खलङ्गाको नमस्कारबाट बङ्गाबगडसम्म तटबन्ध निर्माणको काम शुरु गरेको थियो । दोस्रो चरणमा खलङ्गा बाहिरका क्षेत्रमा निर्माण काम भइरहेको हो । श्रीवगडमा पनि बाढीले क्षति गरेको थियो । सो क्षेत्रमा तटबन्ध निर्माणदेखि तातोपानी धार्मिक क्षेत्र जोगाउने गरी तटबन्ध निर्माण भइरहेको थियो ।
निरन्तर वर्षा र भारतले धौलीगङ्गा परियोजनाको ड्याम खोलेका कारण आयोजनाको तटबन्धमा क्षति पुगेको हो । बिहीबार मात्रै भारतले धौलीगङ्गा जलविद्युत्को बाँध जुनसुकै बेला खुल्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो । यस्तै बङ्गाबगडमा ढुङ्गा खस्दा तटबन्धमा थोरै क्षति भएको आयोजनाले जनाएको छ ।


