म,हामारीका बेला मनकारीको सहयोग

जलेश्वर,महोत्तरीको बर्दिबास नगरक्षेत्र कोरोना सङ्क्रमणबाट अति नै प्रभावित भएपछि अहिले बर्दिबास कोभिड–१९ व्यवस्थापन समितिका पदाधिकारीको प्राथमिकता फेरिएको छ । आफ्नो नगर तथा जिल्ला नै कारोनामुक्त बनाउनाका साथै पीडितको दुःखमा सहयोग गर्न अहिले उनीहरुलाई दिनरात फुर्सद छैन ।

स्थानीय मनकारीको एक समूहलाई बर्दिबासमा कोरोना महामारीका कारण रोजीरोटी गुमाएका मजदूर, असहाय, चौबिसै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी, पैदल यात्री र गरीबका लागि महोत्तरीको बर्दिबासमा खाद्यान्न बैंक सञ्चालन गरी दैनिक खाजा र खाना वितरण गर्न भ्याइनभ्याइ भएको प्रदेश नं २ प्रदेशसभा सदस्य शारदादेवी थापाले बताउनुभयो ।

बर्दिबासमा गरिरहेको यस महान् काम हेरेर कोभिड–१९ व्यवस्थापन समितिलाई राहत तथा कोरोना पीडितको उद्धारका लागि विभिन्न संस्थाले आर्थिक तथा जिन्सी सहयोग गरिरहेका छन् । सहयोगका क्रममा रोटरी क्लब बर्दिबासले रु दुई लाख ५६ हजार ५००, महोत्तरी होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउन्डेशनले रु डेढ÷डेढ लाख सहयोग गरेका छन् ।

त्यस्तै बर्दिबास उद्योग वाणिज्य सङ्घले खानाका लागि अभियान अवधिभर रासनको व्यवस्था गरेको सङ्घका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । समितिका पदाधिकारीले विभिन्न व्यक्तिसित आर्थिक सहयोग मागेर, पदाधिकारीले आफूहरु पनि अनिवार्य पैसा दिने र अन्य व्यवसायीसमेतको सहयोगमा कोरोना कहर रहुन्जेलसम्म खाना खुवाउने अभियान जारी राख्ने जनाएका छन् ।

मानवता देखाउने समय आएको छ, ‘हुनेले दिनूस्, नहुने लिनूस’ भन्ने नाराका साथ बर्दिबास कोभिड–१९ व्यवस्थान समितिले खाद्यान्न बैंकमार्फत राहत विरतण गर्न थालेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।

यसका अलावा सो समितिले कोरोनापीडितका लागि निःशुल्क एम्बुलेन्स तथा अक्सिजन सहयोग पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।