बाँकेमा थप आठ स,ङ्क्रमितको मृ,त्यु

राँझा, बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृ,त्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठजनाको मृ,त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो ।

उहाँका अनुसार मृ,त्यु हुनेमा कोहलपुर नगरपालिका–१० निवासी ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङ निवासी ५२ वर्षीय पुरुष, कोहलपुर–६ निवासी ५२ वर्षीया महिला, भीमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष र जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष हुनुहुन्छ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी ५० वर्षीय पुरुष, मधुवन नगरपालिका–७ बर्दिया निवासी ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङ निवासी ६८ वर्षीया महिलाको पनि उपचारका क्रममा मृ,त्यु भएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृ,त्य भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖