पत्रकारलाई निःशुल्क परामर्श दिइने

कर्णाली, कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिनुहुने भएको छ ।

आज नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना सङ्क्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो ।

कोरोना सङ्क्रमणका कारण दिनप्रतिदिन पत्रकार सङ्क्रमित हुन थालेपछि सङ्क्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घको पहलमा सम्झौता गरिएको हो ।

डा केसी र न्यौपानेले नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण रहुन्जेल पत्रकारसहित परिवारको स्वास्थ्य अवस्था, उपचार र त्यसबाट बच्न अपनाउनुपर्ने उपाय, आइसोलेशनमा रहँदा ध्यान दिनुपर्ने कुराबारे निःशुल्क परामर्श दिनेगरी सम्झौता भएको महासङ्घका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिनुभयो ।

“सम्झौताअनुसार सङ्क्रमित पत्रकारसहित परिवारका सदस्यले डा केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याबारे कुरा राख्नेछन्, जसको समाधानका लागि फोनमार्फत र भौतिक भेटेर आवश्यक परामर्श सेवा डा द्वयले दिनुहुनेछ”, अध्यक्ष देवकोटाले भन्नुभयो ।

डा केसी र न्यौपानेले कोरोना महामारीको अवधिभर यहाँका सङ्क्रमितको उपचारमा विशेष भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।