शंकास्पद ब्यक्तिहरुलाई कोरोनाको एन्टिजेन्ट टेस्टगर्न शूरु
तेह्रथुम । तेह्रथुमको लालिगुरास नगरपालिकाले नयाँ भेरीयन्ट सहित दोस्रो लहरको कोरोनाका बढेसंगै शंकास्पद ब्यक्तिहरुलाई कोरोनाको एन्टिजेन्ट टेस्टगर्न शूरु गरेको छ ।

जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरु र बद्घिजीबिहरुको सहभागीतामा सोल्मामा रहेको गैरीटोल,मेघा,राटमाटे,टिम्बुरे दागपामा रहेको ढुङगे,सुङनाममा रहेको माझखर्कमा जेठ ५ गतेबाट आफ्नो ज्यानको प्रबाह नगरी दिनरात जनताको सेवा र स्वास्थ्यका लागी कोरोना सम्बन्धी चेतनामुलक सन्देश दिदै आफु सुरक्षित रहि आफु बचौँ र अरुलाई पनि बचाउँ, सामाजिक दुरी कायम गरौँ माक्स र सेनिटाईजर अनिवार्य प्रयोग गरौँ भन्दै गाउ टोलटोलमा कोरोनाको टेस्टगरेको लालिगुरास नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो ।
बसन्तपुर स्वास्थ्य चौकिको समन्वयमा कोरोनाको टेस्टगरीएको माबुहाङले जानकारी दिनुभयो ।
नगर पालिकाभित्र रहेका नागरिक जनताहरुलाई कुनै समस्या परेमा नगरपालीकालाई सुचना गरे घरघरमा गएर परामर्श सहित सेवा दिने माबुहाङले बताउनुभएको लालीगुरास नगर पालिकाका प्रेश सल्लाहकार राजकुमार तेयुङले जानकारी दिनुभयो ।


