गैँ,डा तस्करीमा फरार प्रतिवादी प,क्राउ

चितवन, गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।

उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।

उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

ट्राफिक भवनको शिलन्यास

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ । चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय परिसरमा बन्न लागेको नयाँ भवनको शिलान्यास गर्नुभएको हो । कार्यालय भवन प्रहरी कार्यालयको पछाडिपट्टि छ कोठाको बन्ने छ ।

कार्यालय भवन यो आर्थिक वर्षमा डिपीसी मात्र तयार गरिने छ । डिपीसीका लागि रु ५१ लाख बजेट विनियोजन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको अन्य बाँकी निर्माणको काम अर्को आवमा गरिने छ ।

भवन निर्माणका लागि यकिन बजेट विनियोजन भएको छैन । उहाँका अनुसार कति रकममा भवन निर्माण हुने भन्ने अहिले बजेट विनियोजन भइसकेको छैन ।

आफ्नै भवन नहुँदा र लामो समय भाडामा कार्यालय सञ्चालन गर्नुपर्दा विभिन्न किसिमको समस्या हुने गरेको बताउँदै उक्त भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने प्रमुख थापाले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।