वीपी प्रतिष्ठानमा गत साल कोभिडमा खटिएका नर्सहरुको जोखिम भत्ता भुक्तानीको माग सहित आन्दोलित

सन्जय याक्खा,धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु आन्दोलित भएका छन ।

प्रतिष्ठानले गत सालमा कोभिड अस्पतालमा खटिएका कर्मचारिहरुको जोखिम भत्ता अहिले सम्म भुक्तानी नगरिएको कारणले नर्सहरु आन्दोलित भएका हुन । उनिहरुले आज विभिन्न ७ बुदे माग राखेर प्रतिष्ठानका पदाधिकारिहरुलाई ध्यानाकर्षण गराएका छन ।

प्रतिष्ठानले कोरोना भाइरसको दोश्रो भेरियन्ट आए पछि कोभिड अस्पतालको लागी छुट्टै स्वास्थ्यकर्मीहरु नियुक्ति गरेको थियो । तर यो बढ्दो संक्रमणको कारण कोभिड अस्पतालको स्वास्थ्यकर्मीहरुको अपुग भएपछि वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोभिड अस्पतालमा सेवाको लागी जान निर्देशन आएको थियो । तर गत सालकै जोखिम भत्ता नदिएको अवस्थामा वार्डको स्वास्थ्यकर्मीहरुले सेवा सुविधाको बारेमा कुरा उठाउँदा कुनै पनि सेवा नदिइने सबै आवश्यक सेवा आफैले व्यवस्थापन गर्ने निर्देशन आएपछि उनिहरु आन्दोलित भएको बताउँछन ।

कोभिड अस्पतालमा काम गर्न जाने कुरालाई अस्विकार गर्दा मेट्रोनले तपाइहरु यो प्रतिष्ठानको स्टाफ हो यसर्थ प्रतिष्ठानले खटाएको विभागमा जानु पर्छ भन्दै उनिहरुको माँगलाई सुनुवाइ नगरेको गुनासो छ । खास माँग के हो त भन्ने सञ्चारकर्मिको प्रश्नमा उनिहरु भन्छन हामि जहाँ जाने हो त्यो विभागमाम गएर सेवा दिन तयार छौँ गत साल पनि दिएकै हौँ तर यस पटक भने कुनै पनि सेवासुविधा नभएकोले कोभिड अस्पताल जान अस्विकार गरेको उनिहरुको भनाइ छ ।

संक्रमित सँग प्रत्यक्ष रहेको काम गर्नु भएकोले आफ्नो कारणले परिवार र समुदाय नै जोखिममा पर्ने स्थिति भएकोले पनि हामि कोभिड अस्पताल जान अस्विकार गरेका हौँ । हामिलाई गत साल जस्तै क्वारेण्टाइन र खानको व्यवस्था मिलाइदिएको र जोखिम भत्ता दिलाएको खण्डमा सो विभागका काम गर्न तयार रहेको उनिहरुको भनाइ छ ।

गत सालको जोखिम भत्ता अहिले सम्म नपाएको र पाउनेले पनि ४० प्रतिशत मात्र पाएको उनिहरुको गुनासो छ । यसै विच उनिहरु भन्छन हामिलाई विभेदपुर्ण ढंगले काममा लादिएको छ । गत साल डाक्टरहरुले पुरा जोखि भत्ता पाएका थिए भने हामिले अहिले सम्म पाएका छैनौ । हामि डाक्टर भन्दा पनि बढी संक्रमितहरु सँग प्रत्यक्षरुपमा सेवा प्रदान गर्नुपर्छ तर हामिलाइ नै सेवा सुविधाको सवालमा वेवास्ता गरिएको छ ।

यहि विषय लिएर पटकपटक अस्पताल प्रशासन लगायत उपकुलपति कार्यालय सम्म जाँदा प्रतिष्ठान घाटामा गएको छ जोखि भत्ता अहिले पाउँदैन, अब त अझ तपाइहरुले पाउने तलव पनि ५० प्रतिशत मात्र दिने अवस्था रहेको बताउँदै उनिहरुलाई निरासा बनाएर पठाइएको उनिहरुको गुनासो छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।