भारतमा कोरोनाबाट म,र्नेको संख्या तीन लाख नाघ्यो,

नयाँदिल्ली ,भारतमा कोभिड–१९ को संक्रमणबाट मृ,त्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृ,त्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृ,त्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृ,त्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घा,तक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ ।

विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृ,त्यु भएको छ ।

यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा दुइ लाख २२ हजार ३१५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना शुरु भएयता हालसम्म दुइ करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् । भारतमा अझै पनि २७ लाख २० हजार ७१६ जनामा सक्रिय संक्रमण छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार १६४ डोज खोप लगाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।