कोभिड अस्पताल र आइसोलेसनको पूर्वमन्त्रीद्वारा अनुगमन

गुठीचौर गाउँपालिकामा ४० शय्याको आइसोलेसन बनाइएको छ । आइसोलेसनमा शय्या निर्माण, आइसोलेसनमा बस्ने सङ्क्रमितको व्यवस्थापन, उपचार र रेखदेखको व्यवस्था मिलाइएको भएपनि अहिलेसम्म सङ्क्रमित आइसोलेसनमा बसेका छैनन् ।

दश शय्या थपेर ५० शय्याको आइसोलेसन बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार गुठीचौरमा हालसम्म सङ्क्रमितको सङ्ख्या १७ पुगेको भएपनि एक जना सङ्क्रमित पनि आइसोलेसनमा बसेको छैनन् । उहाँले भन्नुभयो, “सङक्रमित आइसोलेसनमा बस्न मान्दैनन् ।

सबै होमआइसोलेसनमै बसेका छन् । होमआइसोलेसनबाट सङ्क्रमण फैलने खतरा बढेकाले अब देखिने सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ ।”
यसैबीच जुम्लाको गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा बनेका आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन गरिएको छ ।

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले यी दुई स्थानीय तहमा बनेका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरेको हो । अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । उहाँले स्थानीय सरकार चनाखो बन्दै साधनस्रोतको व्यापक परिचालन र प्रयोग गरेर सङ्क्रमण फैलन नदिनका लागि सावधानी अपनानुपर्नेमा जोड दिनुभयो ।

गुठीचौरमा आइसोलेसन बनेको भएपनि प्रयोग नगरेको भेटिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । गुठीचौरमा रहेको कोभिड अस्पतालमा अक्सिजनसहितको व्यवस्था गरिएको थियो । गाउँपालिकाले १० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ र २५ सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको पातारासी गाउँपालिकाले समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन बनाएको छ । गाउँपालिकामा ५० शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल बनिसकेको छ । हालसम्म गाउँपालिकामा ३६ सङ्क्रमित छन् । कोही पनि आइसोलेसनमा बसेका छैनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।