लाङटाङ खोला जलविद्युत् आयोजना शुभारम्भ

रसुवा,लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रूm पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पु¥याई २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुभारम्भ भएको हो ।

रू चार अर्ब पाँच करोडको लागतमा निर्माण सम्पन्न गर्न मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमबारदेखि निर्माण शुरूभएको लाङ्टाङ खोला जलविद्युत् आयोजना अर्ध भूमिगतको संरचना बन्ने र ३० महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष राखिएको उक्त कम्पनी सञ्चालक समितिका सदस्य कर्नेल तामाङले जानकारी दिनुभयो ।

तीन दशमलव दुई मिटर साईजको व्यास रहने तीन किलोमिटर सुरूङको सहायताले स्याफ्रूबेँसीस्थित रसुवाको पूरानो सदरमुकामदेखि दक्षिण समथर क्षेत्रमा लगिने पानीबाट विद्युत् उत्पादन गरिने बताइन्छ । विद्युत्गृह भने बाहिरी सतहमा रहने छ ।

लाङ्टाङ खोलामा ३० मिटर लम्वाई र ३० मिटर चौंढाइँ भएको बाँध बाँधिने र सुरूङको सहायताले प्रतिसेकेन १२ घनमिटर पानी विद्युत् गृहमा पुग्नेछ । विद्युत् उत्पादनका लागि दुई वटा पेल्टन टरवाइन जडान हुने निमित्त आयोजना प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमित समय भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरूपमा पालना गर्दै प्रमुख जिल्ला अधिकारी, स्थानीय गाउँपालिका प्रमुख, वडाअध्यक्ष, नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष, लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायका प्रमुखसमेतको रोहवरमा विस्फोटक पदार्थको सहायताले सुरूङ खन्ने स्थानको पहिलो ढुङ्गा फुटाली आयोजना निर्माणको शुभारम्भ गरिएको सञ्चालक समितिका सदस्य तामाङले बताउनुभयो ।

रसुवा जिल्लामा थुप्रै जलविद्युत् आयोजना सञ्चालनमा आए पनि लाङ्टाङ निकुञ्जको संरक्षित क्षेत्रभित्रको भू–भागमा यो पहिलो आयोजना भएको स्थानीय बासिन्दाले बताएका छन् । देशको ऊर्जा सङ्कट समाधान गर्न रसुवामा निर्माणाधिन जलविद्युत् आयोजनालाई आवश्यक सुरक्षा प्रदान गर्न र स्थानीय प्रशासनको क्षेत्रबाट गर्नुपर्ने सहयोग प्रदान गर्न आफू तयार रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

यस्तै रसुवा जिल्लामा हालसम्म अन्य छ जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६ मेगावाट सुपर मैलुङ र दक्षिणी भेकमा १४ मेगावाट फलाखुखोला रहेका छन् ।

रसुवामा सबैभन्दा ठुलो २१६ मेगावाट अपर त्रिशूली वान नामक जलविद्युत् आयोजना भने निर्माण अगाडि बढाउने तरखरमा पुगेको छ । रसुवाको जल सम्पदाको उपयोग गर्दै पहिलो चरणमा २२ मेगावाट क्षमताको चिलिमे, दोश्रोमा छ मेगावाट मैलुङ र तेश्रोमा ६० मेगावाट क्षमताको अपर त्रिशूली थ्रिएले उत्पादन दिइरहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

विद्युत् विकासको सम्भावना छ भनी रसुवालाई विद्युत् जिल्लाको रूपमा परिचित गराउने पहिलो उत्पादक कम्पनी चिलिमे रहेको समेत अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।