लुम्बिनीलाई विश्व शान्तिको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौँ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको २५६५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ देखि यस दिनलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउँदै आएको बताउनुभएको छ ।

महामानव, विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता सिद्धार्थ गौतम बुद्धलाई मानव जातिले भगवान्का रूपमा समेत मान्ने गरेको उल्लखे गर्दै उहाँले बुद्धप्रति उच्च आदार तथा सम्मान व्यक्त गर्नुभएको छ ।

बुद्धको जन्मस्थान, बुद्ध धर्म र बुद्ध दर्शनको उद्गम थलो हो भन्दै अध्यक्ष तिमिल्सिनाले जसका कारण नेपालको अन्तरराष्ट्रिय प्रतिष्ठा, प्रख्याति बढ्दै गएको बताउनुभएको छ ।

“लुम्बिनीलाई विश्व शान्ति शहरका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै संसारभरका बुद्धमार्गी तथा पर्यटकलाई आकर्षण गर्न सरकारको ध्यान जान जरुरी छ”, उहाँले भन्नुभएको छ ।

यसैगरी, राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले पनि बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै बुद्धका ज्ञानले विश्वलाई शान्ति र सत्मार्गको बाटोमा हिँड्न मार्गदर्शन गरेको बताउनुभएको छ।

सत्य, न्याय, त्याग र दुःखको निवारणजस्ता बुद्धका महत्वपूर्ण मार्गदर्शनलाई पछ्याउन सक्ने हो भने नेपालीहरूबीचको एकता झनै सुदृढ र बलियो हुने उहाँको विश्वास रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖