प्रदेश १ का विपक्षी दलद्वारा बजेट अधिवेशन गर्न माग

विराटनगर । प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन् । प्रदेश संसद् सचिवालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८ ।

७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरे । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए ।

नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश नीति तथा कार्यक्रम ल्याई संसद्बाटै बजेट ल्याउन जोड दिए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।