एम्बुलेन्सलाई रकम जुट्दै

तनहुँ,‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै रु.२६ लाख सङ्कलन भएको छ ।

गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले नौ महिनामा २५ लाख ५६ हजार जुटाएको हो । विभिन्न व्यक्ति संघसंस्थाबाट १५ लाख नगद सङ्कलन भएको छ ।

त्यस्तै १० लाख ५६ हजार बोलकबुल अनुरुपको रकम उठ्न बाँकी रहेको उपशाखाका सभापति रामदत्त पौडेल बताउनुभयो । व्यासनगरपालिकाले पाँच लाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रले तीन लाख र विभिन्न व्यक्तिबाट रु. दुई लाख ५६ हजार उठ्न बाँकी रहेको छ।

उक्त शाखाले एम्बुलेन्स खरिदको लागि गत पुस १६ गते नौ लाख ४१ हजार ७५३ भारतको अग्नि गु्रप महेन्द्र कम्पनीलाई पैसा पठाएपनि हालसम्म एम्बुलेन्स ल्याउन नसकिएको उहाँले बताउनुभयो।

एम्बुलेन्स आउने बित्तिकै प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो ।

उहाँका अनुसार ऋषिङगाउँपालिका स्थित कोटदरबार उपशाखा र देवघाट उपशाखाले यस अघि नै एम्बुलेन्स सञ्चालनमा ल्याईसकेका छन् । कुनै स्वास्थ्य संस्थासँग सम्झौता गरी एक जना स्वास्थ्यकर्मी, अक्सिजन लगायतका मापदण्ड पुरा गरी एम्बुलेन्स चलाउने योजना रहेको रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।