निषेधाज्ञामा ५० प्रतिशत घरभाडा छुट

काठमाडौं । ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।

सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञा समयअवधिभर ५० प्रतिशत भाडा छुट पाउने जानकारी दिए ।

त्यस्तै सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेका छन । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।त्यस्तै सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ। शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरेका हुन्।

साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो।यस्तै, सरकारले सामाजिक सुरक्षा भत्ता पनि बढाएको छ। ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ।

आर्थिक वर्ष २०७८र७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए। यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए। हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ। वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।