पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु

खोटाङ, १७ जेठ । नेपाल पत्रकार महासङ्घ खोटाङले स्थापना गरेको पत्रकार आपत्कालीन सहायता कोषमा रकम जम्मा हुनेक्रम शुरु भएको छ । यही जेठ ९ गते बसेको पत्रकार महासङ्घको बैठकको निर्णयानुसार जिल्लामा क्रियाशील पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपत्कालीन सहायता कोषमा हप्तादिनमै रु एक लाख ७० हजार ९७६ सङ्कलन भएको हो ।

विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ स्थापना गरिएको रु १० लाखको आपत्कालीन सहायता कोषमा हाल स्वेच्छिकरूपमा जिल्ला तथा जिल्लाबाहिरका पत्रकार, जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, अभियानकर्मीलगायतबाट सहयोग प्राप्त भइरहेको पत्रकार महासङ्घले जनाएको । हालसम्म ३५ दाताबाट न्यूनतम रु एक हजार ५०० देखि रु एघार हजार १५० सम्म सहयोग रकम जुटेको पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।

सहयोग रकम पत्रकार महासङ्घको नाममा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा खोलिएको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । पत्रकार महासङ्घको साधारण सदस्य रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अङ्गभङ्ग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण निजको मृत्यु भएमा तथा बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी पत्रकार महासङ्घले कोष स्थापना गरेको हो ।

आपत्कालीन उद्धार, उपचार तथा राहतका लागि आपत्कालीन सहायता कोष स्थापनाको अवधारणा अघि सारिएको अध्यक्ष खत्रीले बताउनुभयो । “दुर्घटनामा परेका, घाइते भएका, गम्भीर प्रकृतिका बिरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपत्कालीन सहायता कोषको अवधारणा अघि सारिएको हो”, उहाँले भन्नुभयो, “सङ्कटमा परेको अवस्थामा महासङ्घका तर्फबाट थोरै भए पनि सहयोग गर्ने र राहत महसुस गराउने प्रयासस्वरूप रकम सङ्कलनको काम थालिएको हो ।”

आपत्कालीन सहायता कोषका लागि जिल्लाका दशवटै स्थानीय तहमा औपचारिकरूपमा रकम माग गर्ने तयारी गरिएको पत्रकार महासङ्घले जनाएको छ । कोषका लागि जिल्लाभित्र तथा बाहिर रहेर विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाले पनि सहयोग गर्ने वचन दिएको अध्यक्ष खत्रीले बताउनुभएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖