ब्राजिलमा कोरोनाबाट हुने मृ,त्युमा कमी आएन

ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृ,त्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ ।

यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन । कतिपय दिन यहाँ संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ ।

अधिकारीहरुले संक्रमितहरु यहाँका अस्पतालहरूमा ठूलो संख्यामा रहेका पाइएको छ । अधिकारीहरुले अहिले पनि यहाँका बिरामीको चाप थेग्न सकेका छैनन् ।

यहाँ गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना संक्रमितहरु भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।

त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् ।

ब्राजिलका अधिकारीहरुले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖