वीपी कोभिड अस्पतालको लापरवाहीको कारण संक्रमित एक महिलाको मृ त्यु, छानबिन गर्न माग

सन्जय याक्खा,धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा एक महिलाको रहस्यमय मृ त्यु भएको छ । मृ तक महिलाको अस्पतालको बेडबाट लडेर गम्भिर घाइते भएको अस्पतालले परिवारलाई जानकारि गराएका थिए ।

हिजो आइतावार सामान्य अवस्थामा आमालाई भर्ना गरिएको र बेलुकी डाक्टरले नर्मल रहेको जानकारि गराएको मृतकको छोरा धन नारायण श्रेष्ठले बताए ।

दिउँसो २ बजे काउन्सेलिङ समयमा भने डाक्टरले बेडबाट लडेर सामान्य चोट लागको जानकारि गराएको उनको भनाइ छ । त्यसलगत्तै ३ बजे श्रेष्ठलाई बोलाएर आमाको अवस्थाबारे जानकारि गराउँदै लडेर नाक फुटेका, निधार फुटेको भन्दै आइसले सेकिरहेका छौ । राती करिब ७ः३० बजेतिर अस्पतालमा आमाको मृ त्यु भएको जानकारि गराउँदै श्रेष्ठले भने आमाको ज्यान कोभिडको संक्रमणले नभएर अस्पतालको लापवाहीको कारण ज्यान गएको आरोप लगाएको छन ।

सामान्य अवस्थामा भर्ना भएकी आमा कसरी लडेर गम्भिर घाइते भइन ? लड्नुको कारण के हो ? भन्ने प्रश्नहरुको जवाफ आफुले नपाएको उनले गुनासो गरे । म यहिँ छु, मलाई समयमा नै किन जाकारि गराइएन ? यसको जिम्मेवार को हुने ? त्यहाँ सेवा प्रदान गर्न बसेको डाक्टर नर्सहरु के हेरेर बसे ? भन्दै अस्पतालले उपचारमा गम्भीर लापरवाही गरेको आरोप लगाएका छन । योसँगै उनले यो विषयमा छानविन हुनुपर्ने माग समेत राखेका छन ।

आमा लडेको खबर त आयो कसरी लडेको हो या घटनाको प्रकृति सिसिटिभि फुटेज पनि हेर्न नपाएको उनको गुनासो थियो । लडेर आमा गम्भिर अवस्थामा पुगेपछि आइसियुमा नराखेको र जबरजस्ती भनेपछि मात्र आइसियुमा लगिएको उनको गुनासो थियो । समयमा नै आइसियुमा राख्नु पर्ने थियो भन्दै अस्पतालले स्वास्थ्यमाथि खेलवाड गरेको उनले गम्भिर आरोप लगाएका छन । मानव स्वास्थ्य माथि यसरी खेलवाड नहोस यो विषयको छानविन गरेर सत्यत्थ्य सार्वजानिक गर्नुर्ने उनले माँग राखेका छन ।

नेपाली सेनामा क्याप्टेन दर्जामा कार्यरत श्रेष्ठले बताए अनुसार मृ तक आमालाई सुगर बढेपछि जनकपुर अस्पताल भर्ना गरिएको थियो, त्यहाबाट वीपी रिफर भएपछि धरान ल्याइएको थियो । वीपी प्रतिष्ठानको इमेर्जेन्सीमा दुईदिन उपचार गरेपछि पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो त्यसलगत्तै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको भनाइ अनुसार जनकपुर अस्पतालमा कोभिड परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । कोभिड अस्पताल भर्ना हुँदा पनि आमाको स्वास्थ्य सामान्य रहेको उनको भनाइ छ ।

उनले भने विहान सम्मको अपडेट अनुसार आमाको अक्सिजनको मात्र ९३ थियो जुन हिजो पनि थियो । उनले भने यतिको अक्सिजन लेवल भएको संक्रमित संक्रमणको कारणले ज्यान गुमाउने कुरा कल्पना पनि गर्न नसकीने र आमाको ज्यान अस्पतालकै लापरवाहीको कारणले गएको उनको दावी थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।