कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँ बचाउन तीन युवाको उदाहरणीय अभियान

ओखलढुंगा, १८ जेठ । एक साता अघि जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरी गाउँका २७ जनामा कोरोना पुष्टि भयो । सल्लेरी गाउँमा त्यतिबेला पहिलो पटक कोरोना संक्रमण देखा परेको हो । पहिलो पटकमै संक्रमण समुदायस्तरमा फैलियो ।

कोरोना संक्रमणबाट गम्भीर विरामी भएका स्थानीयलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स भनेको बेला नपाइँदा समस्या हुन थाल्यो । सो गाउँका २ जनालाई ३ लाख ३० हजारका दरले पैसा तिरेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगियो । आर्थिक अवस्था सामान्य भएकाहरुको यसरी उपचार गर्न सम्भव थिएन । त्यसैले कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँमा थप संक्रमण फैलिन नदिन र गम्भीर विरामी भएकाहरुलाई बेलैमा उपचार व्यवस्थापन आवश्यक थियो ।

संक्रमणबाट गाउँलाई जोगाउन स्थानीय तीन युवाहरु मिलेर सहयोग अभियान थाले । गाउँमै रहेका सामाजिक क्षेत्रमा समेत सक्रिय युवा नेता सर्वधन तामाङ, देशवीर तामाङ र युकेमा रहेका दीलीपकुमार तामाङले थालेको अभियानमा वडा नं ८ का वडाध्यक्ष हेमकुमार तामाङ, बुद्धिराज तामाङ, एकराज तामाङ, धनराज तामाङलगायतले समेत साथ दिए ।

उनीहरुले आफ्नै गाउँका विभिन्न पेशा व्यवसायमा लागेकाहरुसँग आर्थिक सहयोग संकलन गर्न थाले । उनीहरुको अभियानमा अहिले ९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको छ । सो रकमबाट उनीहरुले औषधि, अक्सिमिटर, सुगर नाप्ने मेशिन, थर्मोमिट, पीपीई सेट, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरु गाउँमा बाँडिरहेका छन् । स्वास्थ्य संस्था र कार्यालयहरुलाई वितरण गरिरहेका छन् । ‘हाम्रो अभियान गाउँमा थप संक्रमण फैलिन नदिने नै हो,’ अभियानकर्तामध्येका एक सर्वधन तामाङले भने, ‘यो अभियानबाट कोरोनाको उपचारमा समस्या भएकाहरुलाई पनि सहयोग गर्छौँ ।’

कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नपाएपछि उनीहरुले एउटा जिप मासिक भाडा तिरेर व्यवस्था गरेका छन् । जिपले वडा नं ८ को वडाभरि सेवा दिनेगरी व्यवस्था मिलाएका छन् । संक्रमितहरुलाई औषधि र अण्डा, हर्लिक्सलगायतका पोषिलो खानेकुराहरुको घरैमा लगेर वितरण गर्दै आएका छन् ।

उनीहरूको यो अभियानलाई स्वास्थ्य चौकी केत्तुकेका ईञ्चार्ज उमेश तामाङले समेत साथ दिएका छन् । उनले विरामीहरुको स्वास्थ्य अवस्था परीक्षण र सल्लाह दिँदै आएका छन् । आज मंगलबार मात्रै सल्लेरी गाउँमा थप २७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सो वडामा ५४ जनामा कोरोना संक्रमण देखा परिसकेको छ । संक्रमण फैलन नदिन समुदायस्तरमै बनेको युवाहरुको यो अभियान वास्तवमै उदाहरणीय छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।