नेपाल–खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन एमालेको निर्देशन

काठमाडौँ,नेकपा (एमाले)ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिनुभएको हो ।

नेपाल–खनालसमूह पक्षले आज आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु”,

विज्ञप्तिमा भनिएको छ, “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।