नेता भट्टराईले पठाएको स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध

फुङ्लिङ,नेकपा (एमाले)का नेता योगेश भट्टराईको संयोजनमा काठमडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ । तीन दिन अगाडि काठमाडौँमा सङ्कलन गरेर पठाइएको स्वास्थ्य समग्री आज अस्पताललाई उपलब्ध गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँबाट गृहजिल्ला ताप्लेजुङमा नेता भट्टराईले पठाउनुभएको हो ।

सामग्रीमा अक्सिजन सिलिण्डर ४० लिटरका १० थान, पिपिई ३० थान, पल्स अक्सोमिटर तीन थान र २०० थान एन्टिजेन किट रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले बुझाउनुभएको हो ।

उच्च गुणस्तरका ३० थान पिपिईमध्ये क्यानडामा रहेका ताप्लेजुङवासी घनश्याम भट्टराई र दिलप्रसाद याक्सोबाट २५ थान तथा उत्पादक व्यवसायी इरशाद अलीबाट पाँच थान उपलब्ध गराइएको हो ।

स्वास्थ्य सामग्री ढुवानीका लागि दुई गाडी नेता भट्टराईले नै व्यवस्था गरेर झापासम्म र झापाबाट ताप्लेजुङसम्म ढुवानी सेवाले सौजन्यमा ढुवानी गरेको प्रदेशसभा सदस्य साम्सोहाङले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।