छ हजार ८२५ सङ्क्रमित, झण्डै ६ हजार निको

काठमाडौँ,पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका छन् ।

नेपाली सेनाद्वार विभिन्न मितिमा श,व व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार ६३० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार ९३६ जना कोरोना सङ्क्रमित हुँदा चार लाख ६७ हजार ४६७ जना निको भएका छन् ।

पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३८२ रहेको छ ।

यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार ८५२ रहँदा एक हजार ६५३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १७४ छन् भने निको भएका १५ हजार ९३१ छन् । यस्तै कोरोनाका कारण सो जिल्लामा ३२९ जनाको ज्यान गएको छ ।

उता ललितपुरमा सक्रिय सङ्क्रमित छ हजार ४० छन् । कूल २७ हजार ७२४ जना निको हुँदा ४५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।