पन्ध्र दिनदेखि ह,राएका बालक भेटिएनन्

राजविराज, विगत १५ दिनदेखि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकास्थित सखुवाटोलबाट हराएका एक बालक अझै भेटिएका छैनन् ।

हनुमाननगर कङ्कालनी–११ बस्ने जयनारायण यादवका १३ वर्षीय छोरा रवि बेपत्ता भएका हुन् । गोजीबाट पैसा निकालेपछि जयनारायणले छोरा रविलाई गाली गर्दा रिसाएर उनी घरबाट निस्किएका थिए ।

पारिवारिक स्रोतका अनुसार यही जेठ ७ गतेका दिन रवि घरबाट बाहिर निस्किएका भए पनि अहिलेसम्म घर नपुगेको जनाइएको छ । हराएको १५ दिनसम्म पनि छोरा सम्पर्कमा नआएपछि बुबा जयनारायणले खोजीका लागि इलाका प्रहरी कार्यालाय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयमा लिखित जानकारी दिँदासमेत हालसम्म ती बालक खोजी गर्न नसकिएको बेपत्ता रविका मामा नवीन यादवले बताउनुभयो ।

बोदेबर्साइन नगरपालिकालाई सहयोग

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सप्तरीको बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बोदेबर्साइन नगरपालिकालाई रु २५ हजारको चेक बिहीबार हस्तान्तरण गरिएको छ ।

उक्त संस्थाका बोदेबर्साइन कार्यालाय प्रमुख योगेन्द्रप्रसाद यादवले नगरपालिकाका प्रशासनिक प्रमुख घनश्याम यादवलाई चेक हस्तान्तरण गर्नुभयो । संस्थाले यसअघि पनि कोरोना महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मीसमेतलाई स्वास्थ्य समग्री वितरण गरेको थियो ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नेपालका सबै जिल्लामा समुदायमा आधारित लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।