अध्यक्ष यादव र उपसभापति निधिबीच प्रदेश नं २ को सरकार गठनबारे छलफल

काठमाडौँ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश नं २ को सरकार पुनःगठनबारे छलफल भएको छ ।

आज उपसभापति निधिको निवास नयाँ बानेश्वरमा भएको भेटमा उहाँहरुबीच प्रदेश र सङ्घको राजनीतिक समीकरणबारेमा छलफल भएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

भेटमा अध्यक्ष यादवले हाल केन्द्रमा बनेको कांग्रेसहितका दलहरुको गठबन्धनलाई निरन्तररूपमा अघि बढाउनुपर्ने र प्रदेश नं २ को सरकारमा कांग्रेसलाई सहभागी हुनसमेत आग्रह गर्नुभएको थियो।

उपसभापति निधिले उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिँदै जसपाले प्रदेश नं २ को सरकारको नेतृत्व तीन वर्ष गरिसकेकाले आगामी दिनमा मुख्यमन्त्रीको नेतृत्व कांग्रेसलाई दिन आग्रह गर्नुभएको थियो । अध्यक्ष यादवले भने मुख्यमन्त्री नभई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

साथै उहाँहरुबीच प्रदेश नं २ को नामकरण र स्थायी राजधानी टुङ्गो लगाउने सम्बन्धमा पनि छलफल भएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो । अध्यक्ष यादव आजै जनकपुर जानुभएको र काठमाडौँ फर्केपछि सो विषयमा थप छलफल हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।