युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान

फिदिम,बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् ।

अभियानमा संलग्न युवाहरु स्वंयले रकम सङ्कलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरु स्वयंबाट रु. ४० हजार, नेपालभित्रैबाट रु ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरुबाट रु २४ हजार ४२६ र रु १३ हजार ६९० बराबरको खाद्यान्न गरी रु. एक लाख २१ हजार ८४ प्राप्त भएको अभियन्ताले जनाएका छन् ।

अभियन्ताले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या पर्ने परिवारहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरु समेत उपलब्ध गराएका छन् । सहयोग अभियानअन्तर्गत हिँजो फिदिम नगरपालिका वडा नं. १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले जानकारी दिनुभयो ।

अभियानमा प्रतिव्यक्ति पाँच किलो चामलसहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरु परिवार सङ्ख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिनुभयो ।

फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरु यो अभियानमा जोडिएका छन् । अभियानमा रकम सङ्कलन गर्दै जाने र सहयोग पनि उपलब्ध गराउँदै जाने उनीहरुको योजना छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।