इजरायलमा सेवारत शोभा श्रेष्ठद्धारा नेरु एक लाख अनुसन्धान केन्द्रलाई सहयोग
काठमाडौं । कोभिड १९ को उपचारका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलबाट १ लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।
बैदेशिक रोजगारका लागी ईजरायमा कार्यरत रुपन्देही बैक कोलोनि भैरहवा ६ निवासी शोभा श्रेष्ठले Covid-19 को उपचारका लागी अति महत्वपूर्ण अक्सिजन सप्लाई गर्न चाहिने सामग्री खरिदका लागी रु १ लाख १ सय २१ रुपैया यस राष्ट्रिय आविष्कार केन्द्र (Nationl Innovation Center) लाई भाइ सुनिल कार्की मार्फत हस्तान्तरण गर्नुभएको छ ।
यसै क्रममामा केन्द्रका अध्यक्ष माहाबिर पुनले बिशम परिस्थितिमा विदेशी भुमिमाबाट नेपालीहरु मार्फत आर्थिक सहयोग प्राप्त हुदा केन्द्रको उद्देश्य सफल हुनाको साथै धेरै भन्दा धेरै बिरामीलाई बचाउन सकिएको बताउनु भयो ।


