अग्रज पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

गण्डकी, नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उहाँलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहनुभएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छ«े एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उहाँले गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।

बाँस्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको उल्लेख गर्दै विज्ञप्तिमा स्व पत्रकार बाँस्तोलाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । यसअघि कास्कीका युवा पत्रकार जगन्नाथ पौडेल (गणेश)को पनि कोरोना सङ्क्रमण भई निधन भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।