कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख बढी सहयोग

दमौली,तनहुँ समाज युकेले तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख बढी सहयोग गरेको छ । तनहुँ घर भई युकेमा रहेका तनहुँवासीको संस्थाले सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख आठ हजार ६४० सहयोग गरेको हो । कोभिड न्यूनीकरणका लागि सङ्घले खडा गरेको कोषमा हालसम्मकै सर्वाधिक रकम जुटेको हो ।

उक्त रकमको चेक व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेमार्फत सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई बिहीबार हस्तान्तरण गरिएको छ । सहयोग रकम जुटाउन समाजका अध्यक्ष लेख गुरुङ, उपाध्यक्ष केशर राना, सल्लाहकार देवी आले, दमौली निवासी रन्जन मल्ल लगायतको महत्वपूर्ण भूमिका छ। जिल्लावासीलाई एकताको सूत्रमा समेटी जिल्लाको विकास, समृद्धि र सुख दुःखमा नजिक रहेर महत्वपूर्ण सहयोग गरेकामा सङ्घले समाजप्रति आभार व्यक्त गरेको छ ।

सङ्घले जिल्लाका स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । सङ्घले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

देवघाटको कोभिड कोषमा रु १५ लाख

कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको देवघाट गाउँपालिकालाई रु १५ लाख सहयोग गरेको छ । गाउँपालिकाले खडा गरेको कोभिड कोषमा उक्त संस्थाले रु १५ लाख सहयोग गरेको हो ।

महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतका तीन संस्थाहरूको सहकार्यमा कोभिड विरुद्ध जुध्नका लागि उक्त सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभयो ।

उक्त रकम अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आइसियु, एक्सरे मेशिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड नियन्त्रणका लागि गैरसरकारी संस्थाको तर्फबाट ठूलो रकम सहयोग प्राप्त भएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो । थापाले हेफरसँग सहकार्य गरेर गाउँपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।