कोरोना नियन्त्रणका लागि नक्साङ्कन र अल्पकालीन योेजना निर्माण

रुकुम(पूर्व),रुकुम (पूर्व) मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरिएको छ ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न समस्या भएपछि नक्साङ्कन गर्नुका साथै योजना निर्माण गरिएको हो । नक्साङ्कन र योजना निर्माणका लागि यही जेठ १६ गते आशा परियोजनाका सामाजिक परिचालन अधिकृत केशवकुमार बिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा स्वास्थ्यकर्मीसहित विभिन्न राजनीतिक दल, नेपाल शिक्षक महासङ्घ र कर्मचारी मिलान केन्द्रका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा योजनाकार रहनुभएको थियो । सो समितिले योजना निर्माण गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसीमा) पेश गरेको छ ।

कार्यदलले तीन वटै गाउँपलिकामा पुगेर त्यहाँका स्थानीय तह र वडाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिकलगायत सरोकारवालासँगको छलफल, अन्तरक्रिया र स्थालगत अध्ययनपछि प्राप्त तथ्याङ्कको आधारमा कोभिड—१९ नियन्त्रण नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरेको कार्यादलका संयोजक विसीले बताउनुभयो । नक्साङ्कन तथा योजनामा स्थानीय तह, डिसीसीएमसी र सरोकारवाला निकायले कोभिड नियन्त्रणमा गर्ने कामहरुको बारेमा उल्लेख गरिएको छ ।

योजना निर्माण गरी निष्कर्ष र सल्लाह सुझावसहित डिसीसीएमसीमा पेश गरिएको संयोजक विसीले बताउनुभयो । डिसीसीएमसीको बैठकले कोभिड १९ नियन्त्रण नक्साङ्कन तथा प्रतिकार्य योजनालाई अनुमोदन गरेर कार्यान्वयनमा पनि लगिसकेको डिसीसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।

यस्तै रुकुम (पूर्व) मा अक्सिजन प्लान्ट खरिदको लागि सङ्घीय सरकारसँग बजेटको माग गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाटै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि सरकारसँग बजेट माग गरी पठाइएको हो ।

अक्सिजन प्लान्ट खरिदका लागि अर्थ मन्त्रालयमा रु २ करोड ५० लाख बजेट माग गरी पठाइएको प्रजिअ राईले बताउनुभयो । यस्तै अब जिल्लाको ३१ वटै वडामा कोरोना भाइरस सङ्क्रमण परीक्षणको दायरालाई बढाउने निर्णय पनि डिसीसीएमसीको बैठकले गरेको छ । रुकुम (पूर्व) मा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसलाई नियन्त्रण गर्न ३१ वटै वडामा तीव्रगतिमा परीक्षणको दायरा बढाउने प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ । यसको सहजीकरण जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले गर्नुहुने छ । उहाँकै नेतृत्वमा वडास्तरमा कोरोना परीक्षण गरिने छ ।

यस्तै सबै वडामा वडाध्यक्षको संयोजकत्वमा कोभिड—१९ नियन्त्रण निगरानी समिति बनाउने निर्णय पनि डिसीसीएमसीले गरेको प्रमुख जिल्लाका अधिकारी राईले बताउनुभयो । उहाँकाअनुसार उक्त समितिमा वडा समस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, सम्बन्धित टोलका प्रधानाध्यापक, नजिकको प्रहरी, आमा समुहका प्रतिनिधिहरु रहनेछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।