रुसमा कोरोना भाइरसका सङ्क्रमित बढ्दो

मस्को रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका बताइएको छ। रुसमा शनिबारमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । रुसमा गएको २४ घन्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन् ।

यससँगै रुसमा सङ्क्रमितको संख्या करिब ५२ लाख पुगेका बताइएको छ । रुसका अधिकारीहरुले चार महिनापछि यति धेरै सङ्क्रमित एकै दिन भेटिएका जनाएका छन् ।रुसका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका सङ्क्रमितहरु थपिदै गएका बताएका छन् ।

ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना सङ्क्रमित थपिएका र ती सङ्क्रमितहरु गएको फेबु्रअरी महिनाको २ तारिखपछि अहिले सम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ ।

यहाँ गर्मीयामको शुरुवातामा मानिसहरु ठूलो संख्यमा जम्मा हुन थालेका र त्यसका कारण पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु पनि बढ्न थालेका पाइएको अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसका कारण १ लाख २६ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको पनि बताइएको छ । यहाँका अधिकारीहरुले रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।