सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

कठमाडौँ,विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गर्नुभएको छ ।

“मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो पनि पढ्नुहोस

लकोट, गोरु काटेका अभियोगमा गलकोट नगरपालिका –११ ठुलपोखरका दश युवा प,क्रा,उ परेका छन् । प,क्रा,उ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय लालबहादुर श्रीष, ३२ वर्षीय मोहनश्रीष, ३८ वर्षीय तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष छन् ।

यसैगरी ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच , २८ वर्षीय बल बहादुर बि.क र ४४ वर्षीय वेलबहादुर श्रीष छन् ।

शुक्रबार राति गलकोट –११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेरमासु खाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई प,क्रा,उ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज उनीहरुलाई जिल्ला सदरमुकाम झिकाइएको कार्यालयका प्रहरी नायवउपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।