बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

मकवानपुर, बागमती प्रदेशसभाको आज बसेको आठौँ अधिवेशन बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ ।

शुक्रबार र शनिबार बसेको प्रदेशसभाको बैठकले नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले सरकारलाई मार्गदर्शकका रूपमा सुझावहरू प्रस्तुत गरी कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो ।

यसैगरी उक्त बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन गरिनुपर्छ भनि प्रदेशसभाका सदस्यहरू क्रमशः रमेश पौड्याल, नरोत्तम वैद्य, रजनी जोन्च्छे अमात्य, पुकार महर्जन, विजया केसी श्रेष्ठ, शोभा शाक्य, रत्नप्रसाद ढकाल, सीता अधिकारी र सुरेन्द्रराज गोरसाईले राख्नुभएको प्रस्तावहरू बहुमतले अस्वीकृत गरेको छ ।

सोही बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले राख्नुभएको समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ र अर्थ तथा विकास समितिका जेष्ठ सदस्य आङदेण्डी लामाले समितिको तेस्रो वार्षिक प्रतिवेदन २०७८ प्रस्तुत गर्नुभएको थियो ।

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।