किरात समुदायको साँस्कृतिक महत्व बोकेको ‘खुवालुङ’को संरक्षण गर्नुको विकल्प छैन : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको ‘खुवालुङ’ ढुङ्गाको संरक्षण गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री राईले आइतबार प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ‘खुवालुङ’को संरक्षण गर्ने बताउनुभएको हो ।

उहाँले ‘खुवालुङ’ ढुङ्गा मात्र नभई किरात समुदायको संस्कृतिसँग, मन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा भएकोले कसरी फुट्छ ? भन्दै प्रश्नसमेत गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले ‘खुवालुङको’ संरक्षण गर्नुको विकल्प नभएको बताउँदै भन्नुभयो, ‘त्यो ढुङ्गा मात्रै होइन रहेछ । अरु ढुङ्गाहरु कहाँकहाँ छन्, पन्छाउनुपर्छ, फुटाउनुपर्छ ।’

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा अरुण, तमोर र दूधकोशीको संगम स्थलमा रहेको ‘खुवालुङ’ ढुंगालाई संघीय सरकारले जल यातायात सञ्चालनका लागि उक्त ढुंगा फुटाउने बताउँदै आएको थियो ।

तर, किरात समुदायले आफूहरुको संस्कृतिसँग जोडिएको ‘खुवालुङ’ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖