स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश १ मा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ

बिराटनगर । चौधरी ग्रुपले अधिराज्यभर पुर्याउदै आएको सामाजिक सेवामुलक कार्यहरु निरन्तर जारी छ ।

समुदायसंग निकटताका साथ सेवा विस्तार गर्ने उद्देश्यले १ नं प्रदेशको राजधानी बिराटनगरमा प्रादेशिक कार्यालय संचालनमा आएको छ । जेठ ३० गते आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको हो । कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दुरि कायम गर्दै मोरङ जिल्ला प्रदेश सभासद शेखर चन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

चौधरी ग्रुपका १ नं प्रादेशिक एडमिनिष्ट्रेटर लगायत प्रतिनिधिहरुको उपस्थितिमा सभासद थापाले रिवन काट्दै कार्यालयको समुदघाटन गरिएको हो । कार्यालय सुभारम्भको अवसरमा अक्सिजन आपुर्तिमा कठिनाई हुने १ नं प्रदेशका ईलाम तथा भोजपुर जिल्ला अस्पतालहरुलाई २/२ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सम्बन्धित अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

शभासद थापाले समुदघाटनको अवसरमा कोभिड १९ को महामारिको संक्रमणबाट जोखिममा परेका बिरामीहरुको उपचारमा सरिक सरकारी तथा सामुदायिक अस्पतालहरुलाई चौधरी फाउण्डेशनले प्रदान गर्दै आएको स्वास्थ सामाग्रीले संक्रमणको सम्भावित जोखिममा रहेका बिरामीहरुको उपचारकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै मन्तब्यकै क्रममा प्रोभिन्सिएल एडमिनिष्ट्रेटर कटवालले लामो समयदेखि चौधरी ग्रुपको ‘चौधरी फाउन्डेसन’बाट अधिराज्यभर बिभिन्न बिपद, शिक्षा र स्वास्थ क्षेत्रमा पुर्याउदै आएको सहयोगलाई यो
प्रादेशिक कार्यालय मार्फत अत्यावश्यक समुदाय र ब्यक्तिहरुका माझ आगामी दिनमा थप प्रभावकारी रुपमा सहयोग उपलब्ध गराईने जानकारी गराए ।

समुद्घाटन कार्यक्रममा नबिल बैंक प्रादेशिक मेनेजर सुबोध लोहनी, सिजि फुड्स १ नं प्रदेश बजार प्रमुख पुन्य प्रसाद लुईटेल, नायब प्रबन्धक राजकुमार श्रेष्ठ, ब्रान्ड प्रवर्धन प्रमुख रविन्द मास्के लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖