अरुण नदीमा टिपर खस्दा धनकुटा पाख्रीबासका भट्टराईको गयो ज्यान
सङ्खुवासभा -निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस गृह पुखुवामा टिपर अनियन्त्रित भइ अरुण नदीमा खस्दा सहचालकको ज्यान गएको छ ।
सहचालक धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ घर भएका दिपेश भट्टराई रहेका छन् भने चालक काभ्रेपलाञ्चोक भकुन्डेबेसीका नवराज श्रेष्ठ रहेको र घा’इते चालकलाई थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी सहायक निरीक्षक रोजिना घिमिरेले जानकारी दिनुभयो ।
वहॉंका अनुसार मृ’तकको यकिन उमेर खुलिसकेको छैन यद्यपि आफन्तहरुलाई खबर दिइसकिएको भएपनि अहिले सम्म वहॉंहरु आइपुगि नसक्नु भएको पनि बताउनु भयो ।
गएराति करिब १० बजेतिर अरुण तेस्रोको पावर हाउस गृहमा काम गर्दै आएको पाथीभरा कन्ट्रक्सनको को बा ५ ख १४० नम्बरको टिपर ढुङ्गा झार्ने क्रममा पछाडि सर्दा अनियन्त्रित भइ करिब तीन सय मिटर तल अरुण नदीको किनारमा खसेको हो ।


