ला’गुऔ’षध गाँ’जा ओसार पसार तथा बेचबिखनमा संलग्न भएको आ’रोपमा धनकुटाका एक सहित ६ जना प’क्राउ

मोरङ । ला’गुऔ’षध गाँ’जा ओसार पसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा धनकुटाका एक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ वर्षका रुद्र राई, सुनसरी देवानगञ्ज १ का ४० वर्षका उमेश यादव, र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षका सुर्य राई रहेका छन् ।

६ जना मध्ये ३ भारतिय नागरिक रहेका छन् । भारत अररिया फार्बिजगन्ज का १९ वर्षका सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ वर्षका जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० वर्षका रञ्जित भन्ने प्रिन्स विचितर कुमार समेतलाई सोही घटनामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनिहरुको साथबाट नेपाली नगद रु ७ लाख १६ हजार ६ सय, भारतिय नगद रु २ हजार लगायत विभिन्न कम्पनीको मोवाईल थान ६ फेला पारी बरामद गरेको छ ।

प्रहरीले थप अनुन्धान गर्ने क्रममा ला’गुऔ’षध गाँ’जा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नं को मारुती भेन र उनिहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँ’जा समेत बरामद गरेको छ ।

पक्राउ परेका मध्ये सुर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेकाहरु विरुद्ध ला’गुऔ’षध कसूरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।