करेन्ट लागेर एक जनाको मृ त्यु
ताप्लेजुङ, असार १९ ।ताप्लेजुङ सिरिजंघा गाऊपालिका २ पुल्चोक स्थित रहेको सुन्तली हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा सोही स्थानका २२ बर्षीय प्रमोद कुवर रहेका छन् ।
आज दिउसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृ त्यु भएको हो ।
घटना सम्बन्धमा अप्रचौ खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


