माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृ त्यु
ईलाम, असार २० । ईलाम, माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृ त्यु भएको छ ।
हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घा इते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृ त्यु भएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


