पौडी खेल्न गएका दुई जना बालकलाई खोलाले बगाएर बेपत्ता
पाँचथर, असार २१ । पाँचथरको याङवरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
बेपत्ता हुनेमा सोही स्थानका १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् ।
आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हुन् ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामाग्री सहितको प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।-फाइल फोटो


