छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृ त्यु

विराटनगर, असार २२ । झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृ त्यु भएको छ ।

हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै गरेको को१क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स५प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ५ का २९ बर्षीय नरेश यादबको सोही दिनको बेलुका सँवा ४ बजे धरान घोपामा उपचारको क्रममा मृ त्यु भएको छ ।

ठक्कर दिने गाडी र चालक बिराटनगर १ बस्ने ४९ बर्षीय रमाकान्त चौधरी ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ ।

त्यस्तै मोरङको विराटनगर ५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको को ३२ प ८८१० नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर १४ का ४० बर्षीय टिका मेचेको हिजो बेलुका पौने ८ बजे गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृ त्यु भएको हो ।

त्यस्तै हिजो बेलुका पौने ७ बजे झापा बुद्धशान्ती गाँउपालिका ४ जोगी डाँडा स्थित मेची रार्जमार्ग सडक खण्डमा दक्षिण तर्फ आउदै गरेको ना३च ४०३३ नम्बरको पिकअप र विपरित दिशा तर्फ जादै गरेको मे.९प ९२०३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा B&C अस्पताल पुर्याउन साथ मृ त्यु भएको थियो ।

पिकअप र चालक ईलाम सन्दकपुर १ बस्ने ३६ बर्षीय बिरेन्द्र राई ईलाका प्रहरी कार्यालय बुधबारे झापाको नियन्त्रणमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।