रोकियन महिल हिं,सा, पछिल्लो १० वर्षको अवधिमा हिं,सा पी,डित महिला धेरै

बलेवा, पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८१४ जनाले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैं,गिक हिं,सासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिंसा पीडितका लागि सेवा उपलब्ध गराएको हो ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । दश वर्षे अवधिमा हिंसा पीडित भएका कारण अस्पतालमा आधारित सेवा लिनेमा महिलाको सङ्ख्या बढी छ । यो अवधिमा ९८ पुरुष हिंसाको शिकार भएका छन् ।

बाँकी सबै महिला रहेको केन्द्र प्रमुख देवी भट्टराईले जानकारी दिनुभयो । हिं,साबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको छ । “हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिं,सा पीडित अझै पनि लुकेर बस्नुभएको छ”, भट्टराईले भन्नुभयो, “पहिलेको तुलनामा अहिले केही सङ्ख्या बढेको छ, तर लकडाउनमा कम आउनुभयो ।”

पहिलो वर्ष २०६८ सालमा १७ जना हिं,सा पी,डित सङ्कट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन जना पुरुष थिए । चालु वर्षमा ८७ जनाले सेवा पाउँदा १७ जना पुरुष छन् । सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हिं,साका कारण आत्महत्या गर्नेको तथ्याङ्क धेरै छ ।

पी,डितमध्ये १५ देखि २९ वर्ष समूहका महिला तथा पुरुषको सङ्ख्या धेरै छ भने जन्मेदेखि १४ वर्ष उमेर समूहका नौ जना बालिका हिंसाको शिकार भएर सेवा लिएका छन् । सेवा लिनेमा बागलुङका ७७ जना, पर्वतका सात जना र म्याग्दीमा पाँच जना पीडित रहेको भट्टराईले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।